काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ता काट गर्न सहजीकरण गरिदिएबापत घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जनालाई पक्राउ गरेको छ ।
आयोगबाट खटिएको टोलीले मंगलबार मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटीलाई पक्राउ गरेको हो ।
उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।