१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले विवाद: पुराना सांगठनिक संरचना ब्युँताउने तयारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।

एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो। ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो। त्यतिमात्र नभएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओली केही दिनमै सबै कमिटी पुरानै अवस्थामा पु¥याउने तयारीमा देखिएका हुन्।

यसका लागि अनौपचारिक रुपमा छलफल गरिरहेका ओली र नेपाल पक्षीय नेताहरूले सहजीकरण गरेका थिए। एमाले स्रोतका अनुसार गत फागुन २८ गतेपछि दुवै तर्फबाट गरिएका सबै निर्णय बदर हुनेगरी सहमति गरिएको छ। १६ गते यी सबै निर्णय बदर भएको घोषणा गर्दै पदाधिकारी र स्थायी कमिटी बैठक बोलाइने स्रोतले बतायो।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यले निरन्तर संवाद गरिरहेका थिए। उनीहरूले बुधबारदेखि नै विवाद निरुपणका लागि मस्यौदा बनाएर छलफल गरेका थिए। मस्यौदामाथि दुवै पक्षका नेताले शुक्रबारसम्म छलफल गरी सोही दिन राति ओली र नेपाललाई बुझाएका छन्। ओली र नेपालले भने यसबारेमा प्रतिक्रिया जनाएका छैनन। यो समाचार आजको नागरिक दैनिकमा छ ।