१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधामन्त्री बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने देउवाको भनाइ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए।

‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने। उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए। ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुने निश्चित नै भए पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए। ‘संसद् त पुनस्र्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन। पुनस्र्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन। त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन। आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने।  यो समाचार आजको नागरिक दैनिकमा छ ।