१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। बैठक आज बिहान ११ बजेका लागि उक्त बोलाइएको छ। पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आजको बैठक बोलाएको हो । 

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएन।

तर अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई नेपाल पक्षका नेता भीम रावलले  छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिएका छन्।