११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शान्ति सम्झौता बिथोल्ने षड्यन्त्र भइरहेको छ: सञ्चारमन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षड्यन्त्रअनुसार भएको उहाँले आशंका गर्नुभयो ।

धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोहरुको एक कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री शर्माले उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषयलाई समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षड्यन्त्र र चलखेलहरु स्वाभाविक ढंगले भएको बताउनुभयो ।

“अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ?”, उहाँले भन्नुभयो, “म सरकारको तर्फबाट के भन्न चाहन्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौँ ।”

उहाँका अनुसार शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसद्मा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको हो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको उहाँले बताउनुभयो ।