१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्गको निजी क्षेत्रबाट सुटुक्क शिलान्यास !



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना  पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा  निजी क्षेत्रले  शिलान्यास गरेको छ । भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा  छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।

लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा  छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् । 

त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को  बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय  ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष  युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको  वडा  नं। १ लामाबगरमा  शिलान्यास गरेपछि सुरुङ मार्ग  निर्माण कार्य अन्योलमा परेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।