२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘४० प्रतिशत मानिसहरू प्रेम व्यक्त गर्न सक्दैनन्’



अ+ अ-

एजेन्सी । आज भ्यालेन्टाइन डे हो तर धेरै मानिसहरू आफ्नो मनको कुरा गर्न डराउँछन् । निकटताले केहीलाई बाधा पुर्‍याउँछ ।

तपाईले सोचिरहनु भएको होला कि प्रियजनसँग कसलाई डर लाग्छ तर यो पनि सत्य हो कि संसारमा करोडौं मानिसहरु छन् जो कसैको नजिक पुगेर आफ्नो मनको कुरा भन्न डराउँछन् ।

रिसर्चगेटको रिपोर्ट अनुसार विश्वका करिब ३० देखि ४० प्रतिशत मानिस यस्ता मानसिक भ्रमले घेरिएका छन् र आफ्नो मनको कुरा गर्न नसक्ने हुन्छन् । यस्ता व्यक्तिको मनमा चाहना र माया दबिएर रहन्छ । उनीहरुले चाहेर पनि कसैको हात समात्ने हिम्मत जुटाउन सक्दैनन् । यसलाई ‘फियर अफ इन्टिमेसी’ भनिन्छ ।

‘अन्तरियताको डर’ भन्नाले कसैसँग नजिक हुने डर, घनिष्ठ सम्बन्धको डर हो । यो समस्या किशोरकिशोरी वा युवा दम्पतीमा मात्रै नभई विवाहित जोडीलाई पनि यो समस्या देखिएको छ । यो समस्यालाई लामो समयसम्म बेवास्ता गरियो भने मानिसको अन्तरक्रिया कम हुन्छ । कतिपय यही डरले सम्बन्धलाई टाल्छन् वा कहिल्यै विवाह गर्दैनन् ।