१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङमा एक पुरुषले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाउँदै गर्दा छिमेकीले जोगाएका थिए । जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको बताइएको छ ।

उनलाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गर्न थालिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।