१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आत्मदाह गर्ने व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको निधन भएको छ ।

पोखरा १३, काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।

शरीरको करिब ८० प्रतिशत भाग जलेको सङ्गीताको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्री पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दैगर्दा उनलाई उद्धार गर्ने क्रममा सङ्गीता जलेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते कृष्णको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।