२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जसपाले मधेस प्रदेशमा सरकार गठन गर्दै



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा सरकार गठनको तयारी गरेको छ । जसपा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै हुनुहुन्छ ।

सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार पहिलो चरणमा मेधस प्रदेशमा मुख्यमन्त्री जसपालाई दिइने भएको छ । सोही सहमतिअनुसार जसपा संसदीय दलका नेता यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो । दोस्रो चरणको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएको छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसँग एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलका सदस्यको समर्थनमा सरकार गठन गर्न लागिएको हो ।

एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीसँग कूल ६२ सदस्य रहेका छन् । यसैबीच स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ ।

निवर्तमान प्रदेश सभामुख यादवले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने जनाइएको छ । प्रदेशप्रमुख मिश्रले सरकार गठनका लागि भोलि पुस २९ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको छ ।