२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा अबको राष्ट्रपति को बन्छ भन्ने चासो सर्वत्र रहेको छ । वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो बढेको हो ।

सत्ताको साँचो लिएर बस्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र अर्को प्रमुख पद सभामुखमा कसलाई पठाउने भन्ने बारेमा पार्टीका केही नेताहरुसँग छलफल गर्नुभएको छ ।

एमाले स्रोतका अनुसार राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्योउन कानून स्पष्ट नभएकाले सर्वोच्च अदालतबाट व्याख्या गराउने बारेमा पनि छलफल भएको छ ।

यसैगरी नेत्री अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ पनि राष्ट्रपतिका लागि इच्छुक देखिनुभएको छ । नेम्वाङले त आफू अब पुनः सभामुख नबन्ने अभिव्यक्ति सार्वजनिक गरिसक्नुभएको छ ।

एमाले स्रोतका अनुसार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र मोरङका गुरु बरालमध्ये एक जना भावी राष्ट्रपति बन्न सक्छन् ।