२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल–चीन चित्रकला प्रदर्शनी



अ+ अ-

काठमाडौँ । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ सङ्घ, नेपाली चिनियाँ उद्यम सङ्घको सहआयोजनामा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ सङ्घका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम सङ्घका महासचिव झु क्विङलगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

साथै उहाँहरुले नेपाल–चीन हिमाल र पानीले जोडिएका मित्रवत छिमेकी राष्ट्र भएको र द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास भएको उल्लेख गर्दै यो कार्यक्रम आपसी मित्रता र सहयोग प्रवद्र्धन, इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम भएकामा जोड दिनुभयो ।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन इन्स्टिच्युटले उक्त प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रदर्शित हुने विश्वास गरिएको छ ।