९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध: पर्यावरणका लागि खतरा



अ+ अ-

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो ।

मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताउनुभयो । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ ।

गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । गिद्ध आफँैले सिकार गर्दैन । यसले मरेका जनावरका मासु ९सिनो० खाने गर्दछ । गिद्धले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ । यो पर्यावरणीय चक्र, सनातन खाद्य शृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो ।

“केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे”, गुप्ताले भन्नुभयो, “अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ ।” सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उहाँको भनाइ छ । समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको सङ्ख्यामा वृद्धि हुन्छ । फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला, रेविज, प्लेगजस्ता रोगका साथै चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ ।

पर्यावरणीय सुरक्षाका लागि उपयोगी गिद्धको सङ्ख्या कम हुनु चिन्ताको विषय भएको हिन्दू परिषद् नेपालका प्रवक्ता तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो ।” “त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणीमात्रका लागि पूजनीय छ ।”

धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्छन् । नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको पशु चिकित्सक अशोक भण्डारीले बताउनुभयो ।

“धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो, “डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई उनीहरू मर्ने गरेको पाइएको छ ।”

डा भण्डारीले भन्नुभयो, “पछिल्लो अनुसन्धानले फ्लुनिक्सिन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोनलगायत औषधि गिद्धका लागि विषाक्त मानिएको छ ।” यो औषधि गिद्धका लागि हितकर नभएको उहाँले बताउनुभयो । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड सुरक्षित मानिएको डा भण्डारीले बताउनुभयो ।

सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि सानो सङ्ख्यामा जीवित रहेका ठूलो कदका गिद्धलाई सङ्कटमा पारेको छ ।

पक्षीविद् भूपाल नेपालीले पर्यावरणीय सुरक्षाका लागि गिद्धको संरक्षण गर्न आवश्यक रहेकोे बताउनुभयो । “हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एसियमा नौ प्रजातिका गिद्ध पाइन्छन् । ती सबै नौ प्रजातिका गिद्ध नेपालमै पाइन्छन्”, उहाँले भन्नुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहनुभएका पक्षीविद् नेपालीका अनुसार, “नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्, जसले नेपालमै गँुड बनाइ बच्चा कोरल्छन् ।” बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रूपमा नेपाल आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानोखैरे, सुन र लामो ठुँडे प्रजातिका गिद्ध आइयुसिएनको सूचीमा अति सङ्कटापन तथा सेतो, हिमाली, राज र हडफोरगिद्ध सङ्कटापन्न तथा खैरो गिद्ध सामान्य अवस्थामा छन् ।”

पछिल्लो समयमा नेपालमा डङ्गर गिद्धको सङ्ख्यामा केही सुधार आएको नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “मरेका जनावरको सिनो तत्काल खाने भएकाले गिद्धले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।” त्यतिमात्र नभई वन फडानी तथा औद्योगिक प्रदूषण र जलाधारको ह्रासका कारण गिद्धमात्रै नभई नेपालमा पाइने आठ सय ९० प्रजातिका चरामध्ये एक सय ४९ प्रजातिका चरा लोपोन्मुख पक्षीको सूचीमा परेकाले उनीहरु सबैको संरक्षण आवश्यक रहेको नेपालीको भनाइ छ ।

गिद्धको संरक्षण तथा प्रवद्र्धनका लागि २०६५ सालमा नेपाल पक्षी सङ्घ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सञ्चालित गिद्ध प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) चितवनको कसरामा स्थापित छ । यस केन्द्रमा हुर्काइएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःबास गराउनु नै यस परियोजनाको प्रमुख उद्देश्य हो । यसका लागि वातावरणमा डाइक्लोफेनेक र अन्य हानिकारक औषधिको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी छ । रासस