१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दिल्लीमा मोटरसाइकलमा सवार युवकद्वारा किशोरीमाथि एसिड प्रहार



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार १७ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । घटना बिहान ७ः३० बजे द्वारका क्षेत्रमा भएको हो ।

युवती आफ्नी कान्छी बहिनीसँग जाँदै गर्दा मोटरसाइकलमा दुई जना आए । पछाडि बसेका केटाले एसिड प्रहार गरे । घटनाको जानकारी प्रहरीलाई बिहान ९ बजे भएको थियो । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

किशोरीलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ । उनले आफ्नो पहिचानमा रहेका २ जनामा ​​शंका व्यक्त गरेकी छन् ।

छोरीको अवस्था गम्भीर रहेको किशोरीका बाबुले सञ्चारमाध्यमलाई बताए । उनले भने, ‘आज बिहान मेरा छोरीहरु सँगै बाहिर गएका थिए । कान्छी छोरी दौडिएर घर भाग्दै आइन् र २ जना केटाले दिदीमाथि एसिड खन्याएर गएको बताइन् । अहिले उनको दुवै आँखामा एसिड परेको छ ।’

एक युवकलाई सोधपुछका लागि हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा अर्का एक जना मुख्य संदिग्धका रूपमा देखा परेका छन् र आरोपितलाई पक्राउ गर्न विभिन्न टोली गठन गरिएको छ । सबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।