२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको पहिलो दिन नेप्से परिसूचक ३९.४० अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । 

गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक ३९.४० अंक घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार सवा २ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बीमा र  निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ । यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ५८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु उक्त लद्युवित्तमा आकर्षित भएका हुन् । त्यस्तै, नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।