२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘गोल्डेन बुट’को दौडमा एमबाप्पे सबैभन्दा अगाडि



अ+ अ-

काठमाडौं । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुटको दौडमा सबै खेलाडीलाई पछाडि पारेका छन् । उनले पोल्याण्डविरूद्ध प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई ३–१ गोलले जित दिलाउन दुई महत्वपूर्ण गोल गरे । उनले ७४ र ९१ मिनेटमा गोल गरेका थिए।

जारी विश्वकपमा उनको यो पाँचौं गोल रहेको छ । गोल्डेन बुटको दौडमा यसअघि ३ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसी, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड सँगै थिए । तर, पोल्याण्डविरूद्धको खेलपछि एमबाप्पेले उनीहरुलाई पछि पारेका हुन् ।

साविक विजेता फ्रान्सका लागि चार वर्षअघि ४ गोल गरेका एमबाप्पेले २ वटा विश्वकपमा गरेर ९ गोल गरिसकेका छन् ।