१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्।

अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए। त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ। नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ। नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए। 

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा  संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने। नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ।  

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए। ‘१० बुँदे सहमति गरेका छौं। यसलाई टुंगोमा पुर्याउनुपर्छ। अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए। 

नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ। ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले  दिएको स्रोतले बतायो। नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा  पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए। ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो। तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ। किन जानुभएको रु’ नेम्बाङको प्रश्न थियो। नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ। पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।