काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन शाहले देशमा गृह मन्त्रालय छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ ।
थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने आफनो ज्यान लिने धम्कि दिएको भिडियो सहितको सन्देश राख्दै मेयर शाहले प्रहरी प्रशासन , शान्ती सुरक्षा छ कि छैन भन्नुभएको छ ।
उहाँले लेख्नुभएको छ –देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?
थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नुका साथै स्थानियले मेयर शाहको ज्यान लिने धम्कि दिएका थिए ।
https://www.facebook.com/balenOfficial/videos/643864194148394