१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्



अ+ अ-

काठमाडौं । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । 

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । 

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।