काठमाडौं । मानिसको सौन्दर्यको पहिचान र व्यक्तित्व विकासमा कपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर कतिपय मानिसलाई कपाल फुल्ने समस्याले छिट्टै नै सताउने गर्छ । उमेरको वृद्धिसँगै शरीरमा कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदै जादाँ वृद्ध उमेरमा कपाल फुल्ने वा सेतो हुनुलाई सामान्य मानिन्छ । तर, अहिलेको अधिकांश मानिसहरूमा अल्पायुमै पनि कपाल फुलेको देखिन्छ । कपाललाई कालो बनाउनका लागि केमिकलयुक्त हेयर कलर खोजिरहनु भएको छ भने त्यो हानिकारक हुनसक्छ । यसले क्षणिक रुपमा त समस्याबाट पार लगाउँछ तर, दीर्घकालिन रुपमा नराम्रो क्षति पुर्याउन सक्छ । त्यसैले यसको उपचार प्राकृतिक विधीबाट नै खोज्नुपर्छ ।
किन फुल्छ कपाल ?
सामान्यतया ३० वर्षपछि कपाल सेतो देखिन थाल्यो भने यो समान्य मान्नुपर्छ तर ३० वर्ष पहिले नै सेतो कपाल देखियो भने त्यसलाई अस्वभाविक अवस्था मान्नुपर्छ । यसलाई ‘प्रि मेच्युअर ग्रे अफ हेयर’ भनिन्छ । सेतो कपाल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् । मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् । पोषणको कमीले पनि कपाल फुल्ने समस्या हुन्छ । त्यसैगरी, भिटामिनहरु जस्तोः भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुँदा कपाल फुल्न सक्छ ।
बच्ने उपाय
अमला: सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ । यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्व जस्तो कि भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ ।
सुख्खा अमला पिसेर पाउडर बनाउने । त्यसलाई नरिवलको तेलसँग मिसाउने । उक्त मिश्रणले राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ । यदि अमलासँगै मेथी दाना पनि तताएर लगाइयो भने थप प्रभावकारी हुन्छ ।
नरिवलको तेल र कागती रस: नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल र्झनबाट समेत बचाउँछ । साथै नरिवल तेलले कपाललाई पोषण पनि दिन्छ । त्यतीमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ ।
यता कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ । एक घण्टापछि कपाल धुनुपर्छ । यसलाई लगाएर घाममा भने बस्नु हुँदैन । नरिवल तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ ।
तोरीको तेल: तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ ।
प्याजको रस: सेतो कपालबाट मुक्ति पाउनका लागि एउटा सहज उपाय हो, प्याजको प्रयोग । प्याजमा यस्तो तत्व पाइन्छ, जसले कपाललाई सेतो बनाउने क्यास्टेल एन्टि अक्सिडेन्टको कमी हताएर कालो बनाइदिन्छ । प्याजलाई सलादको रुपमा सेवन गर्ने र त्यसको रस निकालेर कपालमा प्रयोग गर्नाले कपाल कालो हुन्छ ।
अन्य उपाय
– घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गरौ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।
– भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।
– सि फुड्स, मासु, अन्डा, दुध सेवन गरौँ ।
– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौँ।
– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ ।
(एजेन्सीको सहयोगमा)