१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मतदान गर्न काठमाडौं छोड्नेको चहलपहल



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल बढेको छ ।

भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढेको हो । मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शुक्रवार र शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने देखिएको छ । भोट हाल्न कोटेश्वर क्षेत्रबाट गाउँ फर्किन तयारी गरेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले प्रतिवद्धता जनाए अनुसारका विकासका कामहरु गर्नुभन्दा पनि आफ्ना लागि मात्रै काम गरेको बताए ।

उनीहरुले यस पटक विकासका काममा लाग्न आग्रह गरेका छन् । उनीहरुले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।

कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ लैजान निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् । कोही भने आफ्नै खर्चले मतदानको आफ्नो अधिकार प्रयोगका लागि गाउँ फर्किएको बताउँछन् ।