१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी



अ+ अ-

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी हुनु भएको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी हुनु भएको हो ।

बलिउडमा ख्याती कमाउनु भएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी हुनु भएको छ । नेपाली काँग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।

उहाँले सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । यस अघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै विपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनु भएको थियो ।