२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वाम गठबन्धन: बोलेको गर्ने र सक्ने मात्रै बोल्ने– ओनसरी घर्ती(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ ।

सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताउनुभएको हो । नेतृ घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताउनु भयो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताउनु भयो ।

उहाँले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुची देखाएको बताउनु भयो । उहाँले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामदा दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरुबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौं, त्यो गर्छौं । आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ । कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाँै । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् ।