७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्



अ+ अ-

एजेन्सी । भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान–प्रदान गर्ने गरेका छन् ।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाकारूपमा अङ्गीकार गरेका छन् ।

चाहे बालक होस् या बृद्ध सबै संस्कृत भाषामा बोल्छन् । यो गाउँका सबैलाई खुसी संस्कृतवक्ताको गाँउ भनेर चिनिन्छ । गाउँलेहरूले आगामी नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर सो अभियान चलाएको बताउँछन् ।

अत्यन्त प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै संवर्धन गर्ने उद्देश्यले सो अभियान चलाइएको र सन् २०१३ देखि त्यो गाँउमा नियमितरूपमा दैनिक योगशिविर समेत आयोजना गरिंदै आएको छ ।

स्थानीय दीपनाथ जो योगप्रशिक्षक पनि हुन्, उनले सो अभियानबाट नयाँ पुस्तामा आफ्नो योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् ।

त्यो गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगशिविर सञ्चालन हुन्छ । त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ । त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन् ।

साठी परिवार मध्ये प्रायः सबै कृषि कर्मै संलग्न छन् । केवल १५ जना मात्र अन्य रोजगारीमा आबद्ध छन् । छिमेकी गाँउ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन् ।

विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइदैन । तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ ।