१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घर-घरै पुगेर नागरिकता



अ+ अ-

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् । 

सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित ज्येष्ठ नागरिकले समेत नागरिकता पाए । आफू पनि नागरिकता पाउने आशमा साङ्मो हर्षले गद्गद् भइन् । 

भोलिपल्ट टोली घरदैलो गर्दै वडा–४ प्रोक गाउँ गयो । साङ्मो पनि टोलीसँगै गइन् । गाउँलेको खुसी बोकेर आएका नागरिकता टोलीको झोला बोकिदिइन् । वृद्धवृद्धालाई नागरिकता दिलाउन सहजीकरण गरिदिइन् । तेस्रो दिन बल्ल टोली नागरिकता बाँड्दै उनको गाउँ बिही पुग्यो । बाटो देखाउँदै, झोला बोकेर सघाउँदै साङ्मो आफ्नो गाउँ पुगिन् । 
 

सीमा प्रशासन कार्यालय सिर्दिबासका प्रमुख रामप्रसाद शर्माले घरमै पुगेर बिहीबार साङ्मोलाई नागरिकता प्रदान गरे । त्यसपछि नागरिकता प्रमाणपत्र टेबलमा राखेर सय पटक नमस्कार गर्दै ढोगिन् । त्यो दिन उनको जीवनकै सबैभन्दा खुसीको बन्यो ।

‘नागरिकता हात परेपछि उहाँको मुहारमा देखिएको खुसी म शब्दमा बयान गर्न सक्दिन,’ टोली प्रमुख शर्माले भने, ‘नागरिकता नभएकै कारण गाउँमा स्वास्थ्यचौकी बनाउँदा साङ्मो जग्गा किनबेच गर्न नमिलेको रहेछ । त्यसैले यतिविधि खुसी हुनुभएको रहेछ ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।