२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जसपाका मन्त्रीहरुसँग राजीनामा माग, नदिए आजै बर्खास्त हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसदीय निर्वाचनमा सत्ता गठबन्धन त्यागेर नेकपा (एमाले) सँग सहकार्य गरेको जनता समाजवादी पार्टी (जसपा) बाट संघीय सरकारमा मन्त्री भएकाहरुलाई राजीनामा नदिए आजै बर्खास्त गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको र यदि उनीहरुले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बर्खास्त गर्ने हुनुभएको छ ।

जसपाबाट संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह रहनुभएको छ ।

सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउन गठबन्धनकै दलहरुबाट दबाब छ । यद्यपि जसपाका सहअध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठले एमालेसँग आंशिक चुनावी तालमेल भएको भन्दै आफूहरु पाँच दलीय सत्ता गठबन्धनमै रहेको बताएका छन् ।