१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर



file
अ+ अ-

ढोरपाटन । निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ ।

निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ । पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।

“पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौँ ।”

उहाँका अनुसार पहिराले लालबहादुरको घर गोठ पुरिँदा रु १५ लाख भन्दाबढीको धनमाल क्षति भएको छ । पहिराले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैँसी, एउटा राँगो र छ वटा बाख्रासमेत पुरिएको अध्यक्ष बुढामगरको भनाइ थियो । पहिरो पीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो । पहिरो आउने बेला आफूहरु बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उहाँको भनाइ थियो । “पहिराले मेरो सबै धन सम्पत्ति बगायो, लत्ताकपडा, पशुचौपाय केही छैनन् सबै पु¥यो, अहिले त आफन्तकोमा बसेका छौँ”, लालबहादुरले भन्नुभयो, “हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला ।”

वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनाएको छ । यी सडक खुलाउन अझै केही दिनलाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।