
काठमाडौं । सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले लोकसेवा आयोगबाट सञ्चालन गरिन लागिएको कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको हो ।
हाल देशमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै केदारकुमार अधिकारीसमेतले लोकसेवा आयोगबाट लिइने सम्पूर्ण परीक्षा स्थगित गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।