![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2022/09/RS-KTM-Parliamentc.jpg)
काठमाडौँ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई वहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।
त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।