
काठमाडौ । राजनीतिक भेटघाटमा व्यस्त रहनु भएका भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले लाई प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले रक्षा बन्धन लगाईदिनु भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेकै समयमा आरजु देउवाले रक्षा बन्धन लगाईदिनु भएको हो ।