काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन् ।
जिल्ला पार्टी समन्वय समिति सल्यानले बुधबार बसेको बैठकले सचिव मल्लको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको हो ।
जिल्ला समितिले मल्ल सँगै अरु उम्मेदवारहरुको नाम पनि प्रदेश समितिमा पठाईसकेको छ ।