२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मेडिसिटी अस्पताल पुगेर प्रचण्डले लिए प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

दाहालले फेसबूकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डद्वारा ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य उपचार गराइरहनुभएका नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’

गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका नेता गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका हुन् ।