काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार बिहान ५ः२६ मा भुकम्पको धक्का महसुस गरिएको हो । समाचार अनुसार यो भूकम्प नेपाल सहित छिमेकी भारत र तिब्बतमा समेत महशुश गरिएको थियो ।
नुवाकोटको वेलकोटगडी केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।
उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए ।
यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।