७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

न्यायालयमा दुई लाइन संघर्ष !!!



अ+ अ-

खाने र नखाने, जित्ने र हार्ने, नियुक्ति पाउने र नपाउने खेल न्यायालयमा पहिल्यैदेखि चलिरहेको छ । यो दुईलाइनको संघर्षमा दुईथरी मान्छेहरु पहिल्यैदेखि बांडिएपनि हालै यसको रेखा स्पष्ट कोरिएको छ ।

खासगरी खान पाउनेहरु र उनका चम्चेहरु एकातिर र नपाउनेहरु अर्कोतिर छन् । खान पाउनेहरु चम्चागिरी गर्छन् अर्थात् चम्चागिरी गर्नेहरु खान पाउछन् । खान पाउनु अर्थात् नियुक्ति पाउनु, अन्यअन्य कुराहरु पाउनुलाई चम्चाहरुले आफ्नो सफलता ठान्छन् ।

चम्चाहरु नियुक्ति पाउंछन्, घुम्छन्, हेलिकोप्टरमा शयर गर्छन् र रेष्टुरेण्टका महंगा विलहरु भर्छन् । अर्कोथरीहरु न नियुक्ति पाउछन्, न रेष्टुरेण्ट धाउंछन् न हेलिकोप्टर उडाउंछन् । दुईलाइनको संघर्ष अहिले उत्कर्षमा छ । भवन निर्माणको कमिशनमा कोही निर्लिप्त छन्, कोही त्यसको विरोधमा ।

कोही नियुक्ति पाउंनमा निर्लिप्त छन्, कोही विरोधको ध्याउन्नमा । न्यायालय इतरकाहरुलाई यो विषय आश्चर्यजनक लाग्नसक्छ, तर न्यायालयभित्र यो आश्चर्य लामो समयदेखि चलिरहेको छ । आश्चर्यको यो एउटा नियमितता धेरैलाई थाहा छ, तरपनि देखेको नदेखै वा सुनेको नसुनै गरेर बसीरहेका छन् । आंखा बन्द गरेर हिड्ने र कान थुनेर बस्ने प्रवृत्तिले न्यायालयलाई अहिलेको अवस्थामा पु-याएको छ । नेपालीले स्वतन्त्रता पायो भने कहासम्म पु¥याउंछ भन्ने यो एउटा गतिलो उदाहरण हो । यो दुइलाइनको संघर्ष अहिले उत्कर्षमा छ ।

कुनै जमानामा प्रधान न्यायाधीश र दोश्रो बरियताको न्यायाधीशबीच बोलचाल हुदैनथ्यो । दोश्रोलाई छेउकुना बनाउने खेल पहिला पनि चलेकै थियो, अहिले पनि चलिरहेकै छ । खासगरी नियुक्तिमा भागबण्डा दिनुपर्ला वा अन्य महत्वपूर्ण विषयमा सहभागी गराउनुपर्ला भन्ने चिन्ताले यो संघर्ष पहिल्यैदेखि चलेको पाइन्छ । आफू मुनिकाले सबै कुरा थाहा पाउला, भाग खोज्ला वा आफ्नो दुनो सोझ्याउला भन्ने डर हिजो पनि थियो र आज पनि छ । अनि थाहा पाइहालेकाले जति भजाउन सक्थ्यो, त्यति भजाएको उदाहरणहरु गनिसाध्य छैन ।

२०५६/५७ तिर अर्थात् आजभन्दा २२/२४ बर्षअघिदेखि नै यो दुईलाइनको संघर्ष सुरु भएको हो । अनौठो लाग्न सक्छ, यो भन्दा पहिला पनि संघर्षहरु थिए नै । २०४७ सालको संविधान जारी भएपछि पनि दुईलाइनको संघर्ष केही न केही प्रस्फुटित भएकै हो ।

तत्कालिन प्रधान न्यायाधीश र दोश्रो बरियताबीच संघर्ष नहुनै कुरै थिएन । न्यायपरिषद्को बैठकमा बस्ने, निर्णयहरुमा सहमति वा विरोध गर्ने कुरामा होस्, जानकारी बाहिर पु-याउने कुरामा नै दुईलाइनको संघर्ष जारी छ ।

यो संघर्षले बेलाबखत बेजोडले काम गर्दथ्यो । प्रधान न्यायाधीश र बरिष्ठबीच मात्रै होइन, न्यायपरिषद्को सचिव र सर्वोच्चको रजिष्ट्रारबीचको संघर्ष समेत ताजुबलाग्दा छन् । नियुक्तिहरुमा मात्रै होइन, मुद्दामा व्याख्याको संघर्ष पनि अचम्मसंग झांगिएका थिए ।

चम्चाहरु त्यसबेला पनि र अहिलेपनि पदीय मर्यादाबीच आफै पानपसलबाट मुखियालाई खुसी पार्न मिठापान कोटको खल्तिमा हालिरहेका छन् र मुखियाको मुखमा बुझो लगाइरहेका छन् ।

नियुक्तिमा तिनै चम्चेहरु अघि छन् र अवसरहरु लुटिरहेका छन् । भवन निर्माण होइन, रेक्ट्रोफिटिङमा समेत पैसा उडीरहेको छ, कम्प्युटर खरिदमा र गाडीमा पैसा उडीरहेका छ । आगे न्यायालयमा दुई लाइन संघर्ष जो चलिरहेको छ ।

-लेखक लुईटेल अधिवक्ता एबं सर्बोच्च अदालत बार एशोसिएसनका सदस्य समेत हुनुहुन्छ