१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल–चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञको सुझाव



अ+ अ-

काठमाडौं । नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक आज भएको कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिनुभयो । नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्व पूर्वगर्भनर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभयो । नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिर्वतनमा लागेको हुँदा अन्य महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उहाँले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । क्लबका महासचिव डा कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराउनुभयो ।रासस