१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘के दुई व्यक्ति साथी हुन सक्दैनन्, के तिनीहरू बीच जादू हुन सक्दैन ?’



अ+ अ-

एजेन्सी । केही दिनयता बलिउड अभिनेत्री सुस्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदीबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।

विगतमा ललित अभिनेत्रीसँग रिलेशनशिपमा रहेको खबर आएपछि मानिसहरुको विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । यसैबीच अहिले ललित मोदीले आफैंले यस विषयमा आफ्नो धारणा राखेका छन् । ललित मोदीले इन्स्टाग्राममा लामो पोस्ट सेयर गर्दै आफ्नो बारेमा चलिरहेको फेक न्यूजमा प्रतिक्रिया दिएका हुन् । साथै, उनले आफूलाई ट्रोल बनाइएकोमा आक्रोश पोखेका छन् ।

इन्स्टाग्राममा सेयर गरिएको पोस्टमा मोदीले लेखेका छन्, ‘मिडिया मलाई ट्रोल गर्नमा किन उत्तेजित छ ? मलाई गलत रूपमा ट्याग गरिएको देखिन्छ । मलाई लाग्छ कि हामी अझै मध्य युगमा बाँचिरहेका छौं । के दुई व्यक्ति साथी हुन सक्दैनन् र ? केमेस्ट्री सही छ र समय राम्रो छ भने जादू हुन सक्छ । मेरो सल्लाह बाँच्नुहोस् र अरूलाई बाँच्न दिनुहोस् ।

बिहीबार ललित मोदीले ट्विटरमा एक पोस्ट सेयर गर्दै पूर्व मिस युनिभर्स सुस्मिता सेनसँगको आफ्नो सम्बन्धको घोषणा गरेका थिए । ट्वीट गर्दै उनले अभिनेत्रीलाई बेटर हाफ भने, त्यसपछि दुवैले विवाह गरेको खबर बाहिर आउन थाल्यो । तर, उनको ट्वीटको केही मिनेटपछि ललित मोदीले विवाह नभएको स्पष्ट पारेका छन् । अहिले दुबै एकअर्कालाई डेट गरिरहेका छन् । छिट्टै बिहे हुन सक्ने अनुमान गरिएको छ ।