९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वकप लिग टूः नामिबियाको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ ।

आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध ५ विकेट जित निकालेको नेपालले आज नामिबियालाई आतिथ्यता गर्दा पहिलो खेलमा भएका गल्तीलाई सच्याउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ ।

आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला खेल्नका लागि भ्रमणमा रहेको नेपाल शनिबार नामिबियाबिरुद्ध जितको खोजिमा हुनेछ । पहिलो खेलमा पराजित भएको नेपालले अघिल्लो खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै दोस्रो खेलमा सुखद् नतिजाको लक्ष्यमा हुनेछ ।

नामिबियबिरुद्ध पहिलो खेलमा बलिङ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने बिर्सनलायक प्रदर्शन गरेको थियो । उक्त भेटमा नेपाललाई नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पनि भेटाउन सकस परेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८० रन जोडेको थियो ।

आफ्नो दोस्रो खेलमा भने घरेलु टोलीमाथि ५ विकेट जित निकालेको थियो । जुन स्कटल्याण्डबिरुद्ध नेपालले कुनै पनि संरचनामा निकालेको पहिलो जित हो । घरेलु टोलीबिरुद्ध आक्रामक खेलेका आसिफ शेखले नेपाली टोलीका लागि इतिहास बनाउन महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा पवेलियन फर्किंदा नेपाल लगभग जित नजिक पुगेको थियो । केही अनुभवि खेलाडीले अपेक्षा अनुसारको प्रदर्शन नगरेपनि स्काटल्याण्डले प्रश्तुत गरेको १ सय ४५ रनको लक्ष्य १ सय ४९ बल अगावै भेटाउँदा नेपालले पहिलो इतिहास दर्ता गर्न सफल भएको थियो । शनिवार नामिबियबिरुद्ध मैदान उत्रिँदा सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

नेपाल र नामिबियाबीच एकदिवसीयमा पछिल्लो भेटसँगै ६ पटक प्रतिष्पर्धा गरेका छन् । जसमा नेपालले चार पटक सुखद् नतिजा निकाल्दा नामिबियाले स्कटल्याण्ड भ्रमण अन्तर्गतको पहिलो खेलसहित दुई खेल जितेको छ । नेपालले पहिलो पटक सन २००१ मा आईसीसी ट्रफीको प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपालले ८ विकेटको लज्जास्पद हार भोगेको थियो ।

दोस्रो पटक सन २०१५ आईसीसी लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो । जुन भेट १४ वर्षपछि भएको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । तेस्रो पटकको भेट सन् २०१५–०१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपालले दुवै खेलमा सुखद् नतिजा निकालेको थियो । त्यसपछि २०१८ मा नामिबियामा नेपालले आतिथ्यता गरेको थियो । जहाँ नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाचौं स्थानमा छ ।

आजको खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।

सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।