१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भाजपा निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको चार दिने भ्रमण गरी बामपन्थी दलहरुबीच एकता र विदेशी शक्तिराष्ट्रसँग नेपालको हिमचिमका बारेमा जिज्ञासा राखिरहेको अवस्थामा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नु भएको हो । साथै उहाँले भारतमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

न्यूजपोलारले प्रचण्डको भारत भ्रमणका बारेमा हिजो प्रचण्ड निकट स्रोतका आधारमा पहिलो समाचार प्रकाशन गरेको थियो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार तीनदिने दिल्ली भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नुहुनेछ । भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । ‘भाजपाले नेपालको सत्तारूढ दलको महत्त्वपूर्ण पार्टीको नेता र पूर्वप्रधानमन्त्रीका रूपमा अध्यक्षलाई भ्रमणको निम्तो गरेको हो । यो सद्भावना भ्रमण हो,’ श्रेष्ठको भनाइ छ ।

पछिल्ला केही वर्षदेखि, खासगरी भारतमा मोदी प्रधानमन्त्री भएदेखि प्रचण्डको भारतसँगको सम्बन्धमा तिक्तता आएको थियो । उहाँले भारतको संस्थापन पक्षसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनस्र्थापना गर्न प्रयास गरिरहनु भएको छ ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दोहोर्याएर भेट गर्नु भएको थियो । उहाँहरूबीच दोस्रो भेटमा झण्डै ४० मीनेट कुराकानी भएको थियो । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट श्रीवास्तवले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको थियो ।

नेपालका लागि भारतीय राजदूत नियुक्त भएको केही दिनभित्रै यस्तो भ्रमणको तारतम्य मिलेकोलाई एक शंकास्पद घटनाका रुपमा हेरिएको छ ।

यसअघिका प्रचण्डका भारत भ्रमणहरु पनि विवादित हुने गरेका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै समयमा निजी भन्दै भारत भारत भ्रमणमा जानु भएका प्रचण्ड त्यहाँबाट फर्के लगत्तै केपी ओली विरुद्ध अभिव्यक्ति दिनु भएको थियो ।

अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि उपचार गर्न भन्दै असार २६ देखि भारत भ्रमणमै हुनुहुन्छ ।