२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



अ+ अ-

काठमाडौं ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल/मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन ९बाह्य० र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।