१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु



अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थाल्नुभएको हो ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थाल्नुभएको हो । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उहाँले युट्युबको सहायतामा अगाडि बढाउनुभएको हो ।

“युट्युब हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा थालनी गर्ने सोंच बनाएँ”, उहाँले भन्नुभयो, “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उहाँको छ । तीस हजार बिरुवाका लागि उहाँले १० हजार सिमेन्टका खम्बा निर्माण गर्नुभएको छ भने प्रत्येक खम्बामा तीन/चार वटा बिरुवा लगाउने तयारीमा हुनुहुन्छ ।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उहाँले भन्नुभयो, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उहाँको धारणा छ ।

एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकरुपमा गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्नसकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उहाँ बताउनुहुन्छ ।