१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सैन्य गठबन्धनको पक्षमा छैनौँ : नेपाली सेना



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि सन् २०१५ मा पत्राचार गरेको विषयलाई नेपाली सेनाले स्वीकार गरेको छ । सो पत्र पनि पठाइएको र सन् २०१७ पनि यसको ‘फलोअप’ स्वरुपको सोही व्यहोराको पत्र पठाइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

तर पनि त्यो सम्झौताका लागि गरिएको पत्राचार कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि भने नभएको सेनाको भनाई छ । सेनाका प्रवक्ता सिलवालले नेपाली सेनाको सो पत्राचार कुनै पनि सैन्य गठबन्धनका लागि नभएर पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि गरिएको बताउनुभयो ।

नेपालमा भूकम्पका कारण आक्रान्त भएको तथा उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएकाले त्यतिनै बेला हामीले विपद्को सहायताका लागि भन्दै सो साम्झौताको पत्राचार गरेको स्पष्ट गर्नुभयो ।