२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झापाका १५ पालिकालाई रु सात अर्बभन्दा बढी अनुदान



अ+ अ-

झापा । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो ।

समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३ करोड ५८ लाख बजेट विनियोजन भएकोे छ । नगरपालिकामा सबैभन्दा थोरै अर्थात् रु ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकाको रु ४९ करोड ४२ लाख, गौरादहलाई रु ५० करोड ९७ लाख, दमकलाई रु ७१ करोड ५१ लाख, बिर्तामोडका लागि रु ७० करोड ७९ लाख, भद्रपुरका लागि रु ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाका लागि रु ५७ करोड १४ लाख विनियोजन भएको छ ।

सात गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई रु ४७ करोड, २४ लाख विनियोजन भएको छ । कचनकवलका लागि रु ३८ करोड ३६ लाख, कमलका लागि रु ४७ करोड २४ लाख, गौरीगञ्जका लागि रु ३२ करोड ६९ लाख, झापाका लागि रु ३७ करोड छ लाख, बाह्रदशीका लागि रु ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख रकम बजेट विनियोजन भएको छ ।