२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसदमा आर्थिक सर्वेक्षण पेस -पूर्णपाठ



अर्थ मन्त्री जनार्दन शर्मा
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस भएको छ । प्रतिनिधिसभाको सनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८र७९ पेस गर्नुभएको छ । आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो । नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो । गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो । प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो । रासस

आर्थिक सर्वेक्षण २०७८-७९ अन्तिम (२०७८-०२-११)