२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचन शान्तिपूर्ण नभएको एमाले अध्यक्ष ओलीको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण नभएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको बताउनुभयो । उहाँले पाँच दलीय सत्ता गठबन्धनले सत्ताको बलमा निर्वाचनमा बुथ क्याप्चर गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी सरकारले निर्वाचनमा राज्यसंयन्त्रको दुरुपयोग गरेको बताउनुभयो । आफूले निर्वाचन शान्तिपूर्ण भयो होला भन्ने ठानेको भन्दै उहाँले भन्नुभयो, “दुर्गम र दूरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए ।”

स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानमा प्रतिपक्षका कारण स्थगित गर्नुनपरेको उल्लेख गर्दै उहाँले अघिल्लो स्थानीय तहको निर्वाचनमा यही गठबन्धन भए पनि यस्तो भद्दा निर्वाचन नभएको बताउनुभयो ।

“अघिल्लो निर्वाचनमा यही गठबन्धन थियो तर यस्तो आक्रामक र हिंसात्मक तरिकाले त्यो बेला चुनाव भएको थिएन, अहिले त कीर्तिमान नै भयो, पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन”, उहाँले भन्नुभयो ।